Kathmandu Press

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था  सामान्य मात्र : सचिवालय

काठमाडौं, चैत्र ८ : पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा समस्या भनि समाचार सम्प्रेषण गरिएको प्रति खनालको नीजि सचिवालयले खण्डन गरेको छ ।खनालका स्वकीय सचिव...
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था  सामान्य मात्र : सचिवालय

काठमाडौं, चैत्र ८ : पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा समस्या भनि समाचार सम्प्रेषण गरिएको प्रति खनालको नीजि सचिवालयले खण्डन गरेको छ ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार पूर्वप्रधानमन्त्री खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य समस्यामात्रै देखा परेको बताएका छन् ।  ‘बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था होइन ।

कुनै पनि व्यक्तिको स्वतन्त्रतासम्बन्धी हकअन्तर्गत स्वास्थ्य जस्तो गम्भीर संवेदनशील  कुराहरुमा सूचना सम्प्रेषण गर्नु भन्दा अगाडि परिवारसँग जानकारी लिने वा सम्बन्धित पक्षसँग सत्यतथ्य बुझ्न सबैमा सचेत गराइन्छ’,भट्टराईले भनेका छन् ।

यस्ता खालका भ्रामक अफवाहमा आधारित समाचारहरु सम्प्रेषण गर्ने र प्रचार गर्ने  कामप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ । 

प्रकाशित मिति: १२:०८ बजे, आइतबार, चैत ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्