Kathmandu Press

पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना 

काठमाडौं, चैत्र ८ : पछिल्लो केही समयदेखि पश्चिमी वायुको प्रभावका कारण अधिकांश स्थानमा आंशिक बदली देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान...
पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना 

काठमाडौं, चैत्र ८ : पछिल्लो केही समयदेखि पश्चिमी वायुको प्रभावका कारण अधिकांश स्थानमा आंशिक बदली देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशका केही भूभागमा केही भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ। यस्तै, दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बाँकी भूभागमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ।  राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ । जसका कारण प्रदेश १ को पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: १०:३८ बजे, आइतबार, चैत ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्