Kathmandu Press

भारतले जित्यो सिरिज इंग्ल्यान्डविरुद्धकाे टि–२० सिरिज

काठमाडाैं, चैत ८: इंग्ल्यान्डविरुद्धको टि–२० सिरिज भारतले जितेको छ । शनिबार राति अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा भएको अन्तिम तथा निर्णायक टि–२०मा इंग्ल्यान्डमाथि ३६...
भारतले जित्यो सिरिज इंग्ल्यान्डविरुद्धकाे टि–२० सिरिज

काठमाडाैं, चैत ८: इंग्ल्यान्डविरुद्धको टि–२० सिरिज भारतले जितेको छ । शनिबार राति अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा भएको अन्तिम तथा निर्णायक टि–२०मा इंग्ल्यान्डमाथि ३६ रनको जित निकाल्दै भारतले पाँच खेलको टि–२० सिरिज ३–२ले जितेको हो।

पहिला ब्याटिङ गर्दै भारतले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १८८ रन मात्र बनाउन सक्यो। डेविड मलान र जोश बट्लरले उत्कृष्ट ब्याटिङ गरेपछि इंग्ल्यान्ड पराजित हुन बाध्य भयो।

मलानले सर्वाधिक ६८ रन बनाए भने बट्लरले ५२ रुन बनाए । मलानले ४६ बल खेल्दै ९ चौका र २ छक्का प्रहार गरे भने बट्लरले ३४ बलमा २ चौका र ४ छक्का प्रहार गरे। यी दुईले दोस्रो विकेटका लागि ८२ बलमा १३० रनको साझेदारी गरेका थिए।
 
यस्तै, बेन स्टोक्स र समान कुरानले समान १४ रन बनाए । भारतका शार्दुल ठाकुरले ३ विकेट लिए भने भुवनेश्वर कुमारले २ तथा हार्दिक पाण्डय र टी नटराजनले समान १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको रोहित शर्मा र विराटन कोहलीको उत्कृष्ट ब्याटिङ मद्दतमा भारतले २० ओभरमा २ विकेटको क्षतिमा २२४ रनको विशाल योगफल बनायो। भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ८० रन बनाए भने रोहित शर्माले ६४ रन बनाए ।

ओपनिङमा आएका कोहलीले ५२ बलमा ७ चौका र २ छक्का प्रहार गरे भने रोहितले ३४ बलमा ४ चौका र ५ छक्क प्रहार गरे । दुवैले पहिलो विकेटका लागि ५६ बलमा ९४ रनको साझेदारी गरेका थिए।

यस्तै, हार्दिक पाण्ड्यले १७ बलमा ३९ रन बनाउँदा सुर्यकुमार यादवले १७ बलमै ३२ रन बनाए । यी दुई कोहलीसँग ८१ र ४९ रनको साझेदारी गरेका थिए। इंग्ल्यान्डका आदिल रसिद र बेन स्टोक्सले समान १ विकेट लिए ।

पहिलो खेल इंग्ल्यान्डले ८ विकेटले जितेको थियो भने दोस्रो खेल भारतले ७ विकेटले जितेको थियो । तेस्रो खेलमा इंग्ल्यान्ड ८ विकेटले नै विजयी भएको थियो भने चौथो खेलमा भारत ८ विकेट ले नै विजयी भएको थियो ।

प्रकाशित मिति: ०८:२८ बजे, आइतबार, चैत ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्