Kathmandu Press

वसन्तपुरमा यसरी ठड्याइयो चीर (फाेटाे फिचर)

काठमाडौंको हनुमानढोका वसन्तपुरमा आज बिहान ८ बजेर २६ मिनेटको साइतमा वसन्तपुरमा विधिवत् चीर ठड्याइएसँगै होली पर्व सुरु भएको हो । चीर ठड्याइएसँगै स्थानीयहरूले हर्ष बढाइँका साथ अबिर दलेर खुसी मनाएका छन्।
वसन्तपुरमा यसरी ठड्याइयो चीर (फाेटाे फिचर)

काठमाडौं, चैत्र ८ : यस बर्षको होली पर्व सुरु भएको छ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा आज बिहान ८ बजेर २६ मिनेटको साइत पारेर विधिवत् रुपमा चीर ठड्याइएसँगै होली पर्व सुरु भएको हो ।

प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन विभिन्न रङ्गका कपडाका ध्वजापताकासहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि होली पर्व सुरु भएको मानिन्छ।

चीर ठड्याइएसँगै स्थानीयहरूले हर्षबढाइँका साथ अबिर दलेर खुसी मनाएका छन्। तीन तले चीरलाई फागुनशुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिएको मानिन्छ ।

Hardik ivf

यस वर्षको होली काठमाडौंलगायत पहाडी जिल्लाहरूमा चैत १५ र तराई मधेशका जिल्लाहरूमा चैत १६ मा परेको छ । सरकारले होली पर्वका अवसरमा सार्वजनिक विदा दिदैं आएको छ । 

प्रकाशित मिति: १०:२४ बजे, आइतबार, चैत ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्