डब्लूएचओले भन्यो, ‘अस्ट्राजेनिका खोप सुरक्षित छ’
काठमाडौं, चैत्र ८ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप सुरक्षित रहेको भन्दै सबैलाई लगाउन आग्रह गरेको छ ।विश्व स्वास्थ्य...
काठमाडौं, चैत्र ८ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप सुरक्षित रहेको भन्दै सबैलाई लगाउन आग्रह गरेको छ ।
विश्व स्वास्थ्य संगठनका विज्ञहरु सम्मिलित समूहले अनुसन्धान गर्दा कुनै स्वास्थ्य सम्बन्धी खराबी नदेखिएकाले खोप सुरक्षित भन्दै खोप लगाउन विश्वका देशहरुलाई खोप लगाउन भनेको हो । कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपमा आवश्यक स्वास्थ्यसम्बन्धी अनुसन्धान गरेको तर त्यस्तो कुनै पनि खराबी भने नदेखिएको उसले जनाएको छ ।
यो खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिएको भन्दै विश्वव्यापी रुपमा प्रचार गरिएको थियो । जसका कारण विश्वका कतिपय देशले त यो खोपमाथि प्रतिबन्ध समेत लगाएका थिए ।
यसअघि पनि युरोपेली नियामक निकायले खोप सुरक्षित र प्रभावकारी रहेको भनाइ हालै मात्र सार्वजनिक गरे लगत्तै स्पेन, इटाली, नेदरल्यान्ड्स्, पोर्चुगल, लिथुआनीया, लाटभिया, स्लोभेनिया र बुल्गेरीयाले भने खोप अभियान पुनः सुरु गर्ने बताएका छन्।












