Kathmandu Press

स्याङ्गजाको बिर्घामा नमुना पुस्तकालय बन्ने

काठमाडौं, चैत्र ८ : स्याङ्गजाको कालीगण्डकी गाउँपालिका ४ बिर्घा कट्टीमा स्याङ्गजा जिल्लाकै नमुना पुस्तकालय बन्ने भएको छ । मातृभूमि सामुदायिक पुस्तकालयको नयाँ पुस्तकालय...
स्याङ्गजाको बिर्घामा नमुना पुस्तकालय बन्ने

काठमाडौं, चैत्र ८ : स्याङ्गजाको कालीगण्डकी गाउँपालिका ४ बिर्घा कट्टीमा स्याङ्गजा जिल्लाकै नमुना पुस्तकालय बन्ने भएको छ । मातृभूमि सामुदायिक पुस्तकालयको नयाँ पुस्तकालय भवन निर्माण सम्झौतामा हस्ताक्षर भए सँगै कालीगण्डकी गाउँपालिका ४ बिर्घा कट्टीमा स्याङ्गजा जिल्लाकै नमुना पुस्तकालय बन्ने निश्चित भएको हो । 

कार्यक्रममा मातृभूमि सामुदायिक पुस्तकालयले  रिड नेपाल र बाबुरत्न कन्स्ट्रक्सनसंग यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो  । पुस्तकालयको तर्फबाट अध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, रिड नेपालका सदस्य सुशील मैनाली तथा बाबुरत्न कन्स्ट्रक्सनका रोशन श्रेष्ठले निर्माण  सम्झौता पत्रमा  संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । वि.स.२०७२ सालको भूकम्पका कारण जिर्ण अवस्थामा रहेको पुस्तकालय भवन हटाएर सोहि स्थानमा शान्ति भोलन्टियर एसोसियसन नेपालको मुख्य आर्थिक सहयोग तथा रिड नेपालको समन्वय र प्राविधिक सहयोगमा  अत्याधुनिक पुस्तकालय भवन बन्न लागेको हो ।

Hardik ivf

अध्यक्ष पाण्डेले सामुदायिक कार्य एकल प्रयासले मात्र नभई सिंगो समुदायका सहदस्यहरुको देन र सामुहिकताको भावनाले मात्र सम्भव हुने हुँदा यस कार्यमा सबैको साथ सहयोग रहने विश्वास व्यक्त गरे । कार्यक्रममा रिड नेपालका तर्फबाट सौ संस्थाका सदस्य सुशील मैनालीले आफुहरुले नासो जिम्मा लगाउन आएको र भवन समयमै निर्माण सम्पन्न भै दीर्घकालीन रुपमा पुस्तकालय संचानल हुनेमा आफुहरु ढुक्क रहेको बताए ।

रिड नेपालका उपनिर्देशक चिनकाजी श्रेष्ठ र सिनियर फिल्ड कोर्डिनेटर बिना गोलेले समुदायको जिम्मेवारी, पुस्तकालयको अबको भूमिका, मातृभूमि र रिड नेपाल बिचको सम्बन्धका बारेमा आफ्ना विचार राख्नुका साथै परियोजनाको सिंगो अबधारणाबारे थप प्रकाश  पारेका थिए । 

करिव ८ महिनामा सम्पन्न हुने लक्ष्य लिइएको पुस्तकालय भवनमा पुस्तकालय कक्ष, वालकक्ष, महिला कक्ष, सूचनासंचार तथा प्रविधि कक्ष, श्रव्यदृश्य कक्ष, विपद् जोखिम न्यूनीकरण कक्ष, प्रौढ कक्ष र सामूदायिक सभाहल हुनेछन् । कुल लागत १ करोड १९ लाख १ हजार ९१ रुपैया ५७ पैसामा बन्न लागेको यो पुस्तकालयमा रिड नेपालको तर्फबाट १ करोड १५ लाख योगदान र बाँकी रकम ४ लाख १ हजार ९१ रुपैया ५७ रकम समुदायको तर्फबाट  प्रबन्ध गरिने छ । रिड नेपाल नेपालमा पुस्तकालय र पठन संस्कृतिको विकासमा सक्रिय राष्ट्रिय स्तरको अग्रणि संस्था हो जसले बितेका ३० वर्षमा नेपालका ४३ वटा जिल्लाका ६९ स्थानमा पुस्तकालय बनाइसकेको छ ।
 

प्रकाशित मिति: ०८:४९ बजे, आइतबार, चैत ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्