Kathmandu Press

भारतले जित्यो इङल्याण्डविरुद्धको टी-२० सिरिज 

काठमाडौं, चैत्र ८ : इङल्याण्डविरुद्धको टी-२० क्रिकेट सिरिज भारतले जितेको छ । शनिबार राति भएको अन्तिम खेलमा भारतले इंग्ल्यान्डलाई ३६ रनले पराजित गर्दै...
भारतले जित्यो इङल्याण्डविरुद्धको टी-२० सिरिज 

काठमाडौं, चैत्र ८ : इङल्याण्डविरुद्धको टी-२० क्रिकेट सिरिज भारतले जितेको छ । शनिबार राति भएको अन्तिम खेलमा भारतले इंग्ल्यान्डलाई ३६ रनले पराजित गर्दै सिरिज जितेको हो।

पाँचौ खेलमा भारतले दिएको २२५ रनको लक्ष्य पछाएको इङल्याण्डले २० ओभरमा ८ विकेट गुमाउदै १८८ रन बनाएको थियो । इङल्याण्डका लागि डविड मलानले ६८ रन बनाए भने जोस बटलरले ५२ रन बनाएका थिए। त्यस्तै बेन स्टोक र साम करनले १४-४ रन बनाएका थिए ।

भारतीय बलर श्रदुल ठाकुरले ३ विकेट लिए भने भुवनेश्वर कुमारले २ विकेट लिएका थिए। यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा २ विकेट गुमाउदै २२४ रन बनाएको थियो। भारतका लागि कप्तान विराट कोहलीले अविजित ८० रन बनाएका थिए।

त्यस्तै रोहित शर्माले ३४ बलमा ६४ रनको आक्रामक पारि खेलेका थिए। त्यस्तै हार्दिक पाण्डेयले १७ बलमा अविजित ३९ रन बनाएका थिए भने सूर्यकुमार यादवले १७ बलमा आक्रामक ३२ रन बनाएका थिए।
 

प्रकाशित मिति: ०८:३१ बजे, आइतबार, चैत ८, २०७७