Kathmandu Press

ला लिगा: बेन्जिमाको २ गोलमा रियल मड्रिडको जित

काठमाडौं, चैत्र ८ : स्पेनिस ला लिगा फुटबलमा साविकको विजेता रियल मड्रिडले जित निकालेको छ । शनिबार राति भएका खेलमा रियलले सेल्टा भिगोलाई...
ला लिगा: बेन्जिमाको २ गोलमा रियल मड्रिडको जित

काठमाडौं, चैत्र ८ : स्पेनिस ला लिगा फुटबलमा साविकको विजेता रियल मड्रिडले जित निकालेको छ । शनिबार राति भएका खेलमा रियलले सेल्टा भिगोलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।

घरेलु टिमविरुद्ध रियलका करिम बेन्जिमाले दुई गोल गरे। त्यस्तै, मार्को एसेन्सियोले एक गोल थपे। सेल्टा भिगोका सान्टी मिनाले एक गोल फर्काए। त्यस्तै, अन्य खेलमा रियल बेटिसले लेभान्टेलाई २–० ले पराजित गर्दा एथ्लेटिक क्लब र इबार १–१ गोलको बराबरी खेलेका छन्।

त्यस्तै, भालाडोलिड र सेभियाले पनि १–१ गोलको बराबरी नै खेल्दा हुएस्का र ओसासुनाले भने गोलरहित बराबरी खेले । जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ।

रियलको २८ खेलबाट ६० अंक भएको छ। लिगको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग रियलले अंक दूरी पनि तीनमा झारेको छ। एथ्लेटिको मड्रिडको २७ खेलबाट ६३ अंक छ। तेस्रो स्थानमा झरेको बार्सिलोनाको २७ खेलबाट ५९ अंक छ।
 

प्रकाशित मिति: ०७:२९ बजे, आइतबार, चैत ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्