Kathmandu Press

पृथ्वीको आयन मण्डल नै अशान्त तुल्याउने बेरुतको त्यो विस्फोट

सन् २०२० अगस्ट पहिलो साता लेबनानको बेरुत बन्दरगाहनजिकका बासिन्दाले डरलाग्दो दृश्य देखे । यो दृश्य विस्फोटको थियो, जुन आणविक नभई मानवनिर्मित थियो ।...
पृथ्वीको आयन मण्डल नै अशान्त तुल्याउने बेरुतको त्यो विस्फोट

सन् २०२० अगस्ट पहिलो साता लेबनानको बेरुत बन्दरगाहनजिकका बासिन्दाले डरलाग्दो दृश्य देखे । यो दृश्य विस्फोटको थियो, जुन आणविक नभई मानवनिर्मित थियो । विस्फोटले सहरको एक भागलाई ध्वस्त बनायो र सयौँको मृत्यु भयो, हजारौँ घाइते भए । घटनामा परी लाखौँ मानिस घरबारविहीन भए ।

विस्फोटबाट उत्पन्न तरंग ट्युनिसिया र जर्मनीसम्म महसुस भएको थियो । र, करिब पाँच सय किलोमिटर टाढा रहेका भूकम्प मापन स्टेसनहरूले यसको कम्पन रेकर्ड गरेका थिए । अनि वायुमण्डलको उच्च तहसम्म यसले तरंग पैदा गरायो । यो यस्तो विष्फोट हो, जसले भविष्यमा आणविक हतियार परीक्षण गरिरहेका मुलुकहरूमाथि नजर राख्न अन्तर्राष्ट्रिय समुदायलाई बाध्य बनाएको छ ।

भारतको नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजी र जापानको होक्काइडो विश्वविद्यालयका अनुसन्धानकर्ताले पृथ्वीको आयन मण्डलमा विद्युतीय तरंग मापन गरे । र, त्यसबाट नतिजा निस्कियो– यो विस्फोटनलाई धेरै ज्वालामुखी विस्फोटको प्रभावसँग तुलना गर्न सकिन्छ ।

Hardik ivf

‘हामीले विस्फोटबाट एउटा तरंग उत्पन्न भएको पत्ता लगायौँ, जो आयन मण्डलको दक्षिण दिशामा शून्य दशमलव आठ किलोमिटर प्रतिसेकेन्डको वेगमा थियो,’ होक्काइडो विश्वविद्यालयका भू तथा ग्रह वैज्ञानिक कोसुके हेकीले भने ।

विस्फोटको तरंग आकाशमा ५० किलोमिटर क्षेत्रसम्म पुगेको थियो । र, अन्तरिक्षमा सयौँ किलोमिटर टाढासम्म फैलिएको थियो । सौर्य विकिरणबाट उत्सर्जन हुने ग्यासका अणुहरूबाट निस्कने फ्री–रोमी इलेक्ट्रोनको उच्च संख्याले आयन मण्डलको चित्रण गर्छ ।

टोलीले विस्फोटको दिन ग्लोबल नेभिगेसन सेटेलाइट सिस्टम (जीएनएसएस) द्वारा पठाइएको माइक्रोवेभ प्रसारणभित्रको अवस्थामा इलेक्ट्रोन वितरणमा भएको परिवर्तन गणना ग¥यो । त्यसबाट ग्यासमार्फत ध्वनि तरंगहरूको उपस्थितिलाई संकेत प्राप्त भएको थियो ।

सन् १९९० को दशकमा उपग्रह नेटवर्कको आगमनपछि वैज्ञानिकहरूले यस्तै प्रयोग गरेका थिए । ज्वालामुखी विस्फोट र परमाणु परीक्षण क्रममा यसरी नै तरंगहरू मापन गरिन्छ ।

बेरुत विस्फोट दिउँसो भएको थियो, जसले ‘इक्वेटोरियल प्लाज्मा बबल’ भनिने आयन मण्डलको संकेतलार्ई पूरै नष्ट पार्न सक्थ्यो । संयोगवस, त्यतिबेला यी बबलको कुनै संकेत थिएन, जसले वैज्ञानिकलाई विस्फोटको आवाजको गतिमा माथिल्लो वायुमण्डलमा उठेको तरंगको तुलनात्मक अध्ययनलाई सहज बनाओस् ।

अनुसन्धानकर्ताले बेरुत विस्फोटबाट आयन मण्डलमा परेको असरलाई जापानमा भएका ज्वालामुखी विस्फोटनसँग तुलना गरे । सन् २००४ मा जापानको आसामामा भएको ज्वालामुखी विस्फोटनभन्दा बेरुतमा घातक रहेको निष्कर्षमा उनीहरू पुगे ।

दशकौँअघि अमेरिकाको योमिङ खानीमा भएको विस्फोटनको तुलनामा बेरुत विस्फोट १.५ किलोटन कमजोर थियो । तथापि, पृथ्वीको सतहमा भएको यो विस्फोट आकाशसम्मै फैलिएको थियो र यसबाट उत्सर्जित ऊर्जाको विर्सजनलाई तथ्यांकमा मापन गर्न सकिएको थियो ।

हामीलाई जानकारी छ– यसले १.१ किलोटनबराबरको विस्फोटक पदार्थ टीएनटी उत्पादन गर्न २७ सय टन एमोनियम नाइट्रेट प्रयोग गरेको थियो, जसलाई सानो बलजत्रो आणविक बममा हालिएको थियो । एमोनियम नाइट्रेड मलखाद हो, जसलाई विस्फोटक पदार्थको रूपमा पनि प्रयोग गरिन्छ ।

इरान र उत्तर कोरियाजस्ता देशका लागि आणविक हातहतियारतर्फ अघि बढ्ने क्षमता अझै पनि दीर्घकालीन विश्वव्यापी शान्तिका लागि चिन्ताको विषय हो । त्यसैले परीक्षण कार्यक्रममाथि राखिएको निगरानी सही उद्देश्यबाट प्रेरित छ भन्ने बेरुत विष्फोटबाट पनि पुष्टि हुन्छ ।

कोरोना भाइरस प्रसार रोक्न गरिएको लकडाउन र त्यसबाट उत्पन्न आर्थिक संकटबीच यो विष्फोट बेरुतका बासिन्दामाथि गरिएको ठूलो घात थियो । ६ वर्षदेखि गोदाममा असुरक्षित रूपमा भण्डारण गरिएको एमोनियम नाइट्रेट एकाएक विष्फोट भएको थियो । साइन्स अलर्ट डट कमबाट

प्रकाशित मिति: ०६:२५ बजे, आइतबार, चैत ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्