Kathmandu Press

स्थायीदेखि प्रदेश कमिटीसम्म हेरफेर गर्ने एमाले ओली समूहको तयारी

केपी ओली नेतृत्वको एमालेले स्थायी कमिटीदेखि प्रदेश कमिटीसम्म हेरफेर गर्ने भएको छ।
स्थायीदेखि प्रदेश कमिटीसम्म हेरफेर गर्ने एमाले ओली समूहको तयारी

काठमाडौं, चैत ७ : केपी ओली नेतृत्वको एमालेले स्थायी कमिटीदेखि प्रदेश कमिटीसम्म हेरफेर गर्ने भएको छ।

उक्त समूहको केन्द्रीय कमिटीले यस्तो निर्णय लिएको हो। नयाँ स्थायी कमिटी प्रस्ताव गर्ने जिम्मा बैठकले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेललाई दिएको छ।

यस्तै, प्रदेश इन्चार्ज, सह-इन्चार्ज, संयोजक र सह-संयोजकको सिफारिसमा केन्द्रीय कमिटीले प्रदेश कमिटी बनाउने निर्णय पनि बैठकले गरेको छ।

बैठकले समानुपातिक सांसद हटाउने जिम्मा अध्यक्ष ओलीलाई दिएको छ। यस्तै, बल्खुमा नयाँ पार्टी कार्यालय भवन निर्माण थाल्ने योजना पनि ल्याएको छ।

प्रकाशित मिति: १८:५८ बजे, शनिबार, चैत ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्