Kathmandu Press

नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय

बैठकले पार्टीहितविरुद्ध काम गरेको तथा पार्टी नेतृत्व र सरकारलाई बद्नाम गराउन गुटगत भेला गरेको आरोप लगाउँदै एमाले वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय

काठमाडौं, चैत ७ : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू निकट केन्द्रीय सदस्यहरुको बैठक राखेर नेपालसहित उनकाे समूहका चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित बैठकले पार्टीहितविरुद्ध काम गरेको तथा पार्टी नेतृत्व र सरकारलाई बद्नाम गराउन गुटगत भेला गरेको आरोप लगाउँदै एमाले वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

बैठकले नेकपा समानुपातिक सांसद हटाउन सक्ने अधिकार अध्यक्ष ओलीमा प्रत्यायोजन गरेको छ। पार्टी केन्द्रीय सदस्य वा मातहत कमिटी सदस्य थप्ने वा हटाउने अधिकार पनि उनलाई नै दिने निर्णय बैठकले गरेको छ।

संवैधानिक निकायमा पार्टीका तर्फबाट लिइने सबै अधिकार ओलीलाई दिइएको बैठकमा सहभागी एक नेताले बताए।

प्रकाशित मिति: १७:३७ बजे, शनिबार, चैत ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्