सरकारकमा जान कांग्रेसलाई औपचारिक प्रस्ताव आएको छैन : निधि
काठमाडौं, चैत ७ : नेपाली राजनीतिक वृत्तमा अहिले नयाँ सत्ता समीकरणका सन्दर्भमा नेपाली कांग्रेसको भूमिका कस्तो हुने भन्ने चर्चा व्यापक छ। प्रमुख प्रतिपक्षीसमेत...
काठमाडौं, चैत ७ : नेपाली राजनीतिक वृत्तमा अहिले नयाँ सत्ता समीकरणका सन्दर्भमा नेपाली कांग्रेसको भूमिका कस्तो हुने भन्ने चर्चा व्यापक छ। प्रमुख प्रतिपक्षीसमेत रहेको सोही दलभित्रै सरकारमा नेतृत्व गर्न हुने र नहुने दुईखाले मत पैदा भएका छन्।
यहीबीच नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको नेतृत्वका निम्ति आफ्नाे पार्टीलाई कुनै दलबाट औपचारिक प्रस्ताव नआएको स्पष्ट पारेका छन्। उनले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बाट सरकारको नेतृत्वका लागि कुनै औपचारिक प्रस्ताव नआएको उल्लेख गरे।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उपसभापित निधिले सरकारको नेतृत्व लिन कांग्रेस अग्रसर नभएको भन्ने आरोपको खण्डन गरे। सोही क्रममा उनले केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने पक्षमा कांग्रेस रहँदै आएको बताए।
प्रकाशित मिति: १७:१४ बजे, शनिबार, चैत ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











