Kathmandu Press

अनिता र सरुको गोलमा मासा युनाइटेडको लगातार दोस्रो जित

काठमाडौं, चैत ७ : नेपाली स्ट्राइकरद्वय अनिता केसी र सरु लिम्बूले गोल गरेपछि पाकिस्तान नेसनल वुमन च्याम्पियनसिपमा मासा युनाइटेडले लगातार दोस्रो जित निकालेको...
अनिता र सरुको गोलमा मासा युनाइटेडको लगातार दोस्रो जित

काठमाडौं, चैत ७ : नेपाली स्ट्राइकरद्वय अनिता केसी र सरु लिम्बूले गोल गरेपछि पाकिस्तान नेसनल वुमन च्याम्पियनसिपमा मासा युनाइटेडले लगातार दोस्रो जित निकालेको छ। पाकिस्तानको कराँचीमा जारी च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्ने क्रममा मासाले शनिबार हाइयर एजुकेसन कमिसनलाई ४-० ले हरायो।

यसअघि पहिलो खेलमा सुरुले १०, अनिताले ६ र गीता रानाले १ गोल गरेपछि मासा युनइटेडले सियालकोट सिटीलाई १९-० ले हराएको थियो। शनिबार दिउँसो भएको खेलमा मासा युनाइटेडलाई जित दिलाउने क्रममा अनिता केसीले २ गोल गरिन् भने सरु लिम्बूले १ गोल गरिन् । यस्तै साम्रोज सम्रिनाले पनि एक गोल गरिन्।

नेपाली राष्ट्रिय फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा मैदान उत्रिएका मासालाई छैटौं मिनेटमा अनिताले गोल गर्दै सुरुआती अग्रता दिलाइन्। अनिताले सरुको पासमा गोल गरेकी थिइन्। 

पहिलो हाफ १-० मै सकियो । दोस्रो हाफमा मासाले हाइयर एजुकेसन कमिसन दबाब दिँदै ३ गोल गर्यो। ५८औं सम्रिनाले गोल गर्दै मासाको अग्रता दोब्बर बनाइन् । मैदानको मध्य भागबाट एक्लै बल अगाडि बढाउँदै प्रहार गरेको बल विपक्षी गोलरक्षकले फुत्काएपछि सिम्रनले गोल गरेकी थिइन्।

७८औं मिनेटमा सरुकै पासमा अनिताले व्यक्तिगत दोस्रो गोल गरेपछि मासाले ३–० को अग्रता लियो। यस्तै ८२औं मिनेटमा सरुले गोल गरेपछि मासाले ४-० को सहज जित निकाल्यो।

प्रकाशित मिति: १७:०१ बजे, शनिबार, चैत ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्