संसदीय बोर्डमा हामी बस्दैनौं : नेपाल
काठमाडौं, चैत ७ : एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल संसदीय बोर्डमा नबस्ने भएका छन्।प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले एकपक्षीय...
काठमाडौं, चैत ७ : एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल संसदीय बोर्डमा नबस्ने भएका छन्।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले एकपक्षीय ढंगले पार्टी चलाउन खोजेको आराेप आफ्नो समूहको छुट्टै गतिविधि सञ्चालन गरिरहेका नेपाल र खनाललाई शुक्रबार बालुवाटारमा बसेको संसदीय दलको बैठकले गठन गरेको २७ सदस्यीय बोर्डमा समावेश गरेको थियो।
शनिबार राष्ट्रिय सभागृहमा आयोजित युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेता नेपालले सो बोर्डमा आफूहरू रहन नसक्ने स्पष्ट पारे। आफूहरूमाथि कृपादृष्टि परेको तर ‘हुन्छ प्रभु’ नभनेको प्रतिक्रिया दिँदै उनले बोर्ड गठन नै अवैधानिक भएको दाबी गरे।
वैधानिक बोर्ड गठनका लागि छलफल गर्न आफूहरु तयार रहेको उनको भनाइ थियो।
प्रकाशित मिति: १६:४२ बजे, शनिबार, चैत ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











