Kathmandu Press

सर्वोच्चको फैसला नआएको भए नेकपा न विभाजन न एकताको अवस्थामा हुन्थ्यो : गाैतम

काठमाडौं, चैत ७ : एमाले उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतले नेकपा नाम विवादका सन्दर्भमा ऋषिराम कट्टेलको पक्षमा गरेको फैसलालाई आफूले खुसी भएर स्वागत...
सर्वोच्चको फैसला नआएको भए नेकपा न विभाजन न एकताको अवस्थामा हुन्थ्यो : गाैतम

काठमाडौं, चैत ७ : एमाले उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतले नेकपा नाम विवादका सन्दर्भमा ऋषिराम कट्टेलको पक्षमा गरेको फैसलालाई आफूले खुसी भएर स्वागत गरेको बताएका छन्।

त्यस्तो फैसला नआएको भए अहिलेसम्म नेकपा न विभाजन न एकताको अवस्थामा अल्झिरहेको हुने आँकलन उनले गरे। सर्वोच्च फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतनुलाई ऐतिहासिक घटनाका रूपमा उनले व्याख्या गरे। एमालेका कुनै समूहमा अहिलेसम्म नखुलेका गौतम प्रधानमन्त्री निवास बालुवाटारमा भएको एमाले संसदीय दलको बैठकमा सहभागी हुन पुगेका थिए।

सोही बैठकमा धारणा राख्ने क्रममा उनले पुस ४ गतेको प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको वार्तामा आफू पनि साक्षी रहेको उल्लेख गरे । त्यतिबेला ओलीद्वारा प्रस्तुत आरोपपत्र फिर्ता र प्रधानमन्त्री परिवर्तनको प्रस्ताव प्रचण्डले अस्वीकार गरेको उनले बताए।

आफूले पार्टी एकता जोगाउनुपर्ने भनेर प्रचण्डलाई धेरै सम्झाउन खोजेको गौतमले भने। संसद् विघटन गर्न लागेकोबारे आफूले थाहै नपाएको पनि उनले स्पष्ट पारे। थाहा भएको भए धर्ना बसेर त्यसलाई रोक्ने उनको भनाइ थियो। संसद पुनर्स्थापनापछि प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिएको पनि उनले बताए।

प्रकाशित मिति: १५:४४ बजे, शनिबार, चैत ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्