Kathmandu Press

अस्ट्राजेनिका खोपमा स्वास्थ्य समस्या नरहेको विश्व स्वास्थ्य संगठनको जानकारी

काठमाडौं, चैत ७ : विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप सुरक्षित रहेको भन्दै खोप लगाउन विश्वका देशहरुलाई आग्रह गरेको छ। विश्व स्वास्थ्य संगठनले...
अस्ट्राजेनिका खोपमा स्वास्थ्य समस्या नरहेको विश्व स्वास्थ्य संगठनको जानकारी
Hardik ivf

काठमाडौं, चैत ७ : विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप सुरक्षित रहेको भन्दै खोप लगाउन विश्वका देशहरुलाई आग्रह गरेको छ।
 
विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपमा आवश्यक स्वास्थ्यसम्बन्धी अनुसन्धान गरेको तर त्यस्तो कुनै पनि खराबी भने नदेखिएको बताएको छ ।
 
यस खोपका विषयमा विश्व स्वास्थ्य संगठनका विज्ञहरु सम्मिलित समूहले अनुसन्धान गरेकोमा त्यस्तो स्वास्थ्य सम्बन्धी खराबी नदेखिएकोले सो खोप सुरक्षित रहेकोले लगाउन विश्वका देशहरुलाई आग्रह गरिएको हो ।
 
यो खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिएको भनेर विश्वव्यापी रुपमा प्रचार गरिएको छ । जसका कारण विश्वका कतिपय देशले त यो खोपमाथि प्रतिबन्ध पनि लगाएका छन् ।
 
रगत जम्ने सम्भावित आशङ्कालाई लिएर युरोपदेखि एसिया र दक्षिण अमेरिकाका विभिन्न मुलुकले अस्ट्राजेनिका खोप लगाउन रोकेका थिए ।
 
उता युरोपेली नियामक निकायले खोप सुरक्षित र प्रभावकारी रहेको भनाइ हालै मात्र सार्वजनिक गरेको थियो । त्यसलगत्तै स्पेन, इटाली, नेदरल्यान्ड्स्, पोर्चुगल, लिथुआनीया, लाटभिया, स्लोभेनिया र बुल्गेरीयाले भने खोप अभियान पुनः शुरु गर्ने बताएका छन् ।
 
यता पछिल्लो समयमा भाइरसको संक्रमण बृद्धि भएका कारण निकै समस्यामा परेको फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु भएको छ ।
 
युरोपेली नियामक निकायले अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः शुरु गर्न युरोपेली मुलुकहरुसमक्ष आग्रह गरेको थियो ।
 
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनम ग्याब्रियसले सो शुक्रबार सो आग्रह गरेका हुन् । उनले शुक्रबार विश्वका देशहरुका नाममा जारी गरेको अपिलमा सो खोपका विरुद्ध गलत प्रचार नगर्न पनि भनेका छन्।

यो खोपले अप्ठेरोमा परेका विश्वका देशहरुलाई कोरोना भाइरसको प्रकोपबाट रोक्नका लागि आवश्यक सहयोग गर्ने आश्वासन पनि दिनुभएको प्राप्त समाचारमा जनाइएको छ।
 
पछिल्लो समयमा युरोपका देशहरुमा कोरोना भाइरसको संक्रमण थप बढेको अवस्थामा खोप बाहेकको अर्को विकल्प पनि केही नदेखिएकोले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्ने र खोप लगाउने काम गर्नुपर्ने उनको सुझाव छ।

कोभ्याक्समार्फत विश्व स्वास्थ्य संगठनले हाल विश्वका कतिपय देशहरुमा वितरण गरिरहेको कोरोना विरुद्धको खोपमा ९० प्रतिशतभन्दा बढी यही खोप रहेको छ।

प्रकाशित मिति: १५:१२ बजे, शनिबार, चैत ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्