Kathmandu Press

एमाले संसदीय दलको विधान पारित

काठमाडौं, चैत ७ : प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको एमाले संसदीय दलको बैठकले संसदीय दलको विधान संशोधनसहित पारित गरेको छ ।नेपाल-खानाल समूहले भने...
एमाले संसदीय दलको विधान पारित

काठमाडौं, चैत ७ : प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको एमाले संसदीय दलको बैठकले संसदीय दलको विधान संशोधनसहित पारित गरेको छ ।

नेपाल-खानाल समूहले भने सो बैठकमा सहभागिता जनाएको छैन। अहिलेसम्म कतै पनि नखुलेका पार्टी उपाध्यक्ष वामदेव गौतम भने उक्त बैठकमा सहभागी भएका छन्।

सर्वोच्च अदालतको फागुन ११ गतेको निर्णयपछि ब्युँत्याएको एमालेको दल बैठकमा पार्टी उपाध्यक्ष गौतम पहिलाेपटक सहभागी भएका छन्। उनले बैठमा आफ्ना धारणा पनि राखेको जनाइएको छ।

बैठकमा धारणा राख्ने अन्य सांसद खिमलाल भट्टराई, विन्दा पाण्डे, राजेन्द्र गौतम, कृष्ण दाहाल, मना केसी, विमला विक, गोपाल बम, भानुभक्त ढकाल, शान्ति पाख्रिन, कृष्णभक्त पोखरेललगायत छन्। 

नेपाल-खनाल समूहका ३८ सांसदले भने बालुवाटामा चलिरहेको बैठकप्रति पाँचबुँदे लिखित असहमति जनाएका छन्।

सोही बैठकमा असहमतिपत्र लिएर नेपाल-खनाल पक्षीय सांसदहरू जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे र यज्ञराज सुनुवार पुगेका थिए । बालुवाटार जानुअघि नेपाल(खनाल समूहका सांसदहरू संसदीय दलको कार्यालय सिंहदरबारमा असहमतिपत्र तयार पारेका थिए।

प्रकाशित मिति: १५:०१ बजे, शनिबार, चैत ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्