पार्टी विधानविपरीत चलेको भन्दै एमालेका ३८ सांसदद्वारा लिखित असहमति (पत्रसहित)
काठमाडौं, चैत ७ : एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका ३८ सांसदले बालुवाटामा चलिरहेको बैठकप्रति बैठकप्रति पाँचबुँदे लिखित असहमति राखेका...
काठमाडौं, चैत ७ : एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका ३८ सांसदले बालुवाटामा चलिरहेको बैठकप्रति बैठकप्रति पाँचबुँदे लिखित असहमति राखेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा असहमतिपत्र लिएर नेपाल–खनाल पक्षीय सांसदहरू जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे र यज्ञराज सुनुवार पुगेका थिए । बालुवाटार जानुअघि नेपाल-खनाल समूहका सांसदहरू संसदीय दलको कार्यालय सिंहदरबारमा असहमतिपत्र तयार पारेका थिए।
असहमतिपत्रमा बालुवाटारमा बोलाइृउको बैठक विधिसम्मत नभएको, एमालेको नवौं महाधिवेशनबाट पारित विधानअनुरूप पार्टीका कामकारबाही अगाडि बढ्नुपर्ने, संसदीय दलको बैठक पनि विधानअनुसार हुनुपर्ने, पार्टी केन्द्रीय कमिटीले दलको विधानलाई अनुमोदन गरेपछि मात्रै संसदीय दलको बोर्ड गठन गर्ने प्रावधान मिचिएको जस्ता विषाय उल्लेख गरिएकाे छ।
नेपाल–खनाल पक्षले दलको बैठक बालुवाटारमा नभएर संसदीय दलको कार्यालय वा संसद् भवनमा गरिनुपर्ने आवाज पनि उठाएको छ।
यस्ताे छ असहमतिपत्र
















