Kathmandu Press

आत्मालोचना नगरे ‘गुटगत भेला’ गर्नेलाई कारबाहीकाे चेतावनी

काठमाडौं, चैत ७ : प्रधानमन्त्री निवास बालुवाटारमा एमाले संसदीय दलको बैठक भइरहेको छ। उक्त बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पनि सम्बोधन...
आत्मालोचना नगरे ‘गुटगत भेला’ गर्नेलाई कारबाहीकाे चेतावनी

काठमाडौं, चैत ७ : प्रधानमन्त्री निवास बालुवाटारमा एमाले संसदीय दलको बैठक भइरहेको छ। उक्त बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पनि सम्बोधन गरेका छन्।

सम्बोधनका क्रममा ओलीले नेपाल-खनाल समूहलाई इंगित गर्दै ‘गुटगत भेला’ गर्नेलाई स्पष्टीकरण सोधिने बताएका छन्।

नेपाल-खनाल समूहले प्रतिक्रियावादी तत्वसँग मिलेर गुटको भेला गरी कम्युनिस्ट आन्दोलनलाई कलंकित पार्न खोजेको आरोपसमेत उनले लगाए।

उनले भेला आयोजना गर्ने अगुवालाई पहिला स्पष्टीकरण सोध्ने र आत्मालोचना गरेर आए सोच्न सकिने अन्यथा कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिए। उनले राजीनामा माग्नेहरुलाई अविश्वासको प्रस्ताव ल्याउन पनि चुनौती दिए।

प्रकाशित मिति: १३:२७ बजे, शनिबार, चैत ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्