Kathmandu Press

इलामका दुर्गाप्रसाद तिम्सिना ४० वर्षपछि जेलमुक्त

४० वर्षदेखि भारतका विभिन्न जेलमा रहँदै आएका इलामका दुर्गाप्रसाद तिम्सिना शनिबार जेलमुक्त भएका छन्। कोलकाता उच्च अदालतले बुधबार उनलाई छाड्न आदेश दिएको थियो।
इलामका दुर्गाप्रसाद तिम्सिना ४० वर्षपछि जेलमुक्त
तस्बिर सौजन्य- नेपाली महावाणिज्य दूतावास कोलकाता

काठमाडौं, चैत  ७ : ४० वर्षदेखि भारतका विभिन्न जेलमा रहँदै आएका इलामका दुर्गाप्रसाद तिम्सिना शनिबार जेलमुक्त भएका छन्। कोलकाता उच्च अदालतले बुधबार उनलाई छाड्न आदेश दिएको थियो।

शुक्रबारै छुट्ने भनिए पनि अदालती प्रक्रिया पूरा हुन बाँकी रहेकाले उनी शनिबार मात्र छुटेका हुन्। दुर्गाप्रसादलाई छुटाउन उनका दाजु प्रकाशचन्द्र तिम्सिनाले कोलकातास्थित दमदम कारागारमा पुगी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। दुर्गाप्रसाद र उनलाई लिन पुगेका परिवारजन आजै (शनिबार नै) घर फर्कने कोलकातास्थित महावाणिज्य दूतावासले जनाएको छ। 

अदालतले तिम्सिना थुनामुक्त हुने कारणमा उनको मानिसक स्वास्थ्य भनिएको छ। त्यसकारण ६÷६ महिनामा तिम्सिनाको मानसिक स्वास्थ्य स्थितिबारे महावाणिज्य दूतावासलाई जानकारी गराउनपर्ने पनि पत्रमा उल्लेख छ।

इलामको माई नगरपालिका(१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै हिँडे पनि काम खोज्दै दार्जिलिङ पुगेका थिए। त्यहाँ उनीमाथि हत्या आरोप लाग्यो । त्यसपछि जेलचलान गरिएका उनीबारे परिवार बेखबर रह्यो । 

दार्जिलिङमा रहँदा आगलागीमा परेर उनको कागजपत्र जलेको बताइएको छ। त्यसकारण चिन्तित बनेका उनी मानिसक रूपमा कमजोर बन्दै गएका हुन्। अदालतले स्वास्थ्य जाँच गरेर रिपोर्ट पेस गर्न भने पनि आफन्त कोही नभएपछि आदेशबमोजिम हुन सकेन। 

दमदम कारागारमा उनलाई चिन्ने कैदीले १० वर्षअघि देखेका थिए। आफू थुनामुक्त भएपछि तिनले एक रेडियोमार्फत दुर्गाप्रसाद ४० वर्षदेखि जेलमा रहेको जानकारी गराएका थिए। त्यसपछि नेपालका सञ्चारमाध्यममा पनि उनका बारेमा खबर सार्वजनिक भएको थियो।

दुर्गाप्रसादका आफन्तले २०७७ फागुन १० गते उनलाई जेलमै पुगेर भेटेका थिए। उनीहरुले दुर्गाप्रसादलाई थुनामुक्त गराउन अदालती प्रक्रिया अघि बढाएका थिए।

दुर्गाप्रसादको पक्षमा उच्च अदालत, कोलकाताका वकिल हिरक सिन्हा, प्रदीप मण्डल, मलाई भट्टाचार्य र सुब्रज्योति घोषले निःशुल्क बहस गरेका थिए।

प्रकाशित मिति: १३:०६ बजे, शनिबार, चैत ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्