ओली समुहको संसदीय दलकाे बैठकमा बामदेव पनि सहभागी
काठमाडौं, चैत ७ : नेकपा एमालेको संसदीय दलको बैठक सुरू भएको छ।राष्ट्रिय सभामा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईका अनुसार बैठकमा उपाध्यक्ष वामदेव गौतम...
काठमाडौं, चैत ७ : नेकपा एमालेको संसदीय दलको बैठक सुरू भएको छ।
राष्ट्रिय सभामा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईका अनुसार बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन् ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रधानमन्त्री ओलीले सरकार र पार्टीका विषयमा थप छलफल गर्न बैठक बोलाएका हुन्।
संसदीय दलको बैठकपछि केन्द्रीय समितिको बैठक बस्नेछ ।
बैठकमा नेपाल–खनाल समूह भने अनुपस्थित छन्।
प्रकाशित मिति: ११:४६ बजे, शनिबार, चैत ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











