Kathmandu Press

गिरिजाप्रसादको स्मृति दिवस मनाइँदै

काठमाडौं, चैत ७ : नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवस मनाइँदैछ ।स्मृति दिवसको अवसरमा आज नेपाली कांग्रेस र...
गिरिजाप्रसादको स्मृति दिवस मनाइँदै

काठमाडौं, चैत ७ : नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवस मनाइँदैछ ।

स्मृति दिवसको अवसरमा आज नेपाली कांग्रेस र कांग्रेस निकट भातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

चार पटक प्रधानमन्त्री र एकपटक राष्ट्रप्रमुख समेत बनेका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । उनी २०४८ सालको आमचुनावमा नेपाली कांग्रेसले बहुमत ल्याएपछि पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।

राणा शासनको विरोध गरेको अभियोगमा बुबाआमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो । २०४७ सालको आन्दोलन, २०६२र६३ सालको दोश्रो जनआन्दोलन, तत्कालीन नेकपा माओवादीसँगको शान्ति सम्झौतालगायतमा उनको भूमिका महत्त्वपूर्ण छ ।

कोइरालाको निधनपछि सरकारले २०७१ जेठ १५ गते नेपाल रत्न मानपदवीबाट सम्मानित गरेको थियो । उनका दुई दाजु वीपी कोइराला र मातृकाप्रसाद कोइराला पनि प्रधानमन्त्री भएका थिए । 

प्रकाशित मिति: ११:११ बजे, शनिबार, चैत ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्