Kathmandu Press

पहिलो एकदिवसीयमा बंगलादेशमाथि न्युजिल्यान्डको सहज जित

काठमाडाै‌ं, फागुन ७ : एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टिम न्युजिल्याण्डले सहज जित निकालोको छ । शनिबार डुनेडीनमा भएको खेलमा न्युजिल्यान्डले बंगलादेशमाथि ८...
पहिलो एकदिवसीयमा बंगलादेशमाथि न्युजिल्यान्डको सहज जित

काठमाडाै‌ं, फागुन ७ : एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टिम न्युजिल्याण्डले सहज जित निकालोको छ । शनिबार डुनेडीनमा भएको खेलमा न्युजिल्यान्डले बंगलादेशमाथि ८ विकेटको सहज जित निकाल्यो ।

बंगलादेशले दिएको १३२ रनको झिनो लक्ष्य न्युजिल्याण्डले २१.२ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । उसका लागि हेनरी निकोल्सले नटआउट ४९ रन बनाए भने मार्टिन गुप्टिलले ३८  र डेभोन कोनवेले २७ रन बनाए । बंगलादेशका हसन ममुद र तास्किन अहमेदले समान १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले ४१ं.५ अलआउट हुँदै १३१ रनमात्र बनाउन सक्यो । न्युजिल्यान्डका बलर चम्किएपछि उसका ममदुल्लाहले सर्वाधिक २७ रन बनाए भने मुस्फिकर रहिमले २३ रनको योगदान दिए । यस्तै, लिटोन दासले १९, मेहेदी हसनले १४ र कप्तान तमिम इकबालले १३ रन बनाए ।

बंगलादेशलाई सस्तैमा समेट्न न्युजिल्याण्डका ट्रेन्ट बोल्टले ४ विकेट लिए भने जेम्स निशम र मिचेल स्टानरले समान २ विकेट लिए ।

तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेल क्राइशचर्चमा मार्च २३ मा हुनेछ।

प्रकाशित मिति: ०९:३७ बजे, शनिबार, चैत ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्