Kathmandu Press

बाघलाई पहिले लघारौं, स्यालहरुसँग लड्दै गरौंला : डा. भट्टराई

काठमाडौं, चैत ७ : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउनु जरुरी भएको बताएका छन्।पूर्वप्रधानमन्त्री...
बाघलाई पहिले लघारौं, स्यालहरुसँग लड्दै गरौंला : डा. भट्टराई

काठमाडौं, चैत ७ : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउनु जरुरी भएको बताएका छन्।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले अहिले सत्ता समिकरणका विषयमा धेरै लाभहानीबारे सोच्नु नहुने बताएका छन्। डा. भट्टराईले भनेका छन, 'अहिलेको यक्षप्रश्न कोसँग सत्ता समिकरण गर्ने वा कोबाट तत्काल बढी लाभ लिने भन्ने हॅुदैहैन।'

सामाजिक सञ्जालमा आफ्ना भनाइ राख्दै उनले प्रधानमन्त्री ओलीलाई हटाउनु नै अहिले जरुरी भएको बताएका छन्। 'अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो?,' डा. भट्टराईले भनेका छन्, 'अगाडि आएको बाघलाई पहिले लघारौ, पछाडिका स्यालहरूसंग लड्दै गरौंला, कुनै गल्ती नगरौं!'

 

 

प्रकाशित मिति: ०८:१६ बजे, शनिबार, चैत ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्