जहाज चढ्दै गर्दा लडे अमेरिकी राष्ट्रपति बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेन एयरफोर्सको जहाज चढ्दै गर्दा लड्न पुगेका छन्।
वासिङ्टन (सीएनएन), चैत ७ : अमेरिकी राष्ट्रपति जो बाइडेन एयरफोर्सको जहाज चढ्दै गर्दा लड्न पुगेका छन्।
तथापि, उनी शतप्रतिशत फिट रहेको ह्वाइटहाउसकी डेपुटी प्रेस सेक्रेटरी करिन हुवाँ पियरेले बताइन्।
एटलान्टा जान जहाज चढ्ने क्रममा बाइडेन भर्याङमा चिप्लिएका थिए। पहिलोपटक चिप्लिएर उठ्ने कोसिस गरेका उनी फेरि चिप्लिएर लडेका थिए।

तर, उनलाई कुनै चोटपटक नलागेको प्रेस सेक्रेटरी करिनले जानकारी दिएकी छिन्।
राष्ट्रपति बाइडेन ७८ वर्षका भए। उनी शारीरिक रुपमा भने तन्दुरुस्त छन्।
प्रकाशित मिति: ०७:२९ बजे, शनिबार, चैत ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











