तान्जानियामा पहिलो महिला राष्ट्रपति चयन
काठमाडौं, चैत ६ : सामिआ सुलुह हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति चयन भएकी छिन्।राष्ट्रपति जोन मगुफुलीको गत बुधबार निधन भएपछि उपराष्ट्रपति रहेकी हसन...
काठमाडौं, चैत ६ : सामिआ सुलुह हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति चयन भएकी छिन्।
राष्ट्रपति जोन मगुफुलीको गत बुधबार निधन भएपछि उपराष्ट्रपति रहेकी हसन शुक्रबार राष्ट्रपति चयन भएकी हुन्। हसनले शुक्रबार नै राष्ट्रपतिको सपथग्रहण लिएकी छिन्। उनले सन् २०२५ सम्म राष्ट्रपतिको कार्यभार सम्हाल्नेछिन्।
मुटुरोगका कारण निधन भएका मुगुफुली राष्ट्रपतिको दोस्रो कार्यकाल बिताइरहेका थिए। उनी पहिलो पटक सन् २०१५ राष्ट्रपतिमा निर्वाचित भएका थिए।
प्रकाशित मिति: २१:२८ बजे, शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












