Kathmandu Press

एनएसएल अक्सन : दुई लाख मूल्य पाउने आठ खेलाडी, कुन खेलाडीको मूल्य कति? (सूचीसहित)

नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबल लिग एनएसएलको अक्सनमा सहभागी १४९ मध्ये ९८ खेलाडी बिक्री भएका छन्।
एनएसएल अक्सन : दुई लाख मूल्य पाउने आठ खेलाडी, कुन खेलाडीको मूल्य कति? (सूचीसहित)

काठमाडौं, चैत ६ : नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबल लिग एनएसएलको अक्सन सकिएको छ। सोल्टी क्राउन प्लाजामा भएको अक्सनमा तीन क्याटेगोरीम कुल १४९ खेलाडी सहभागी थिए, जसमध्ये ९८ खेलाडी बिक्री भएका छन्।

अक्सनमा ‘ए’ श्रेणीमा २८, ‘बी’ श्रेणीमा ६३ र ‘सी’ श्रेणीमा ५८ खेलाडी थिए। अक्सनमा ‘ए’ श्रेणीको न्यूनतम मूल्य १ लाख र अधितक मूल्य २ लाख थियो भने ‘बी’ श्रेणीको न्यूनतम मूलय ५० हजार र अधिकतम मूल्य १ लाख २० हजार थियो। यस्तै सी श्रेणीको न्यूनतम मूल्य २० हजार र अधितक मूल्य ७५ हजार थियो।

नेपाल सुपर लिगका सहभागी ७ टिमले १५ लाख ५० हजार रुपैयाँबाट १४ खेलाडी किनेका छन्। जहाँ ८ खेलाडीमाथि सर्वाधिक २ लाख बोली लाग्यो। अधिततम २ लाखमा बिक्री हुने खेलाडीमा सुजल श्रेष्ठ र दीप कार्की पोखरा थन्डर्समा आबद्ध भएका छन्।

Hardik ivf

यस्तै एफसी चितवनले विशाल सुनार र विशास खवासलाई अधितक २ लाखमा किन्दा गर्दा काठमाडौं रेजर्सले तेज तामाङ, ललितपुरले एरिक विष्ट, विराटनगरले सुनिल बल तथा धनगढीले दिनेश राजवंशीलाई किनेको छ।

नेपाली राष्ट्रिय टिमकै ८ खेलाडीमाथि अक्नसमा २ लाख रुपैयाँ बोली लाग्दा राष्ट्रिय टिमकै ७ खेलाडी भने ‘अनसोल्ड’ भए। अक्सनमा राष्ट्रिय टिमका २८ खेलाडी मध्ये १९ खेलाडी बिक्री भएका थिए।

त्यसपछि विसलिस्टबाट दर्शन गुरुङलाई धनगढी र अर्पण कार्कीलाई ललितपुर सिटी एफसीले टिममा लिए।
अक्सनमा ‘अनसोल्ड’ हुने राष्ट्रिय खेलाडीमा विराज महर्जन, रविशंकर पासवान, जर्जप्रिन्स कार्की, छिरिङ गुरुङ, हेमन्त थापामगर, सुबास गुरुङ, दिलेन लोक्तान छन्।

कुन टिमले कुन खेलाडीलाई किने?

काठमाडौं रेजर्स : विकेश कुथु (मार्की खेलाडी), तेज तामाङ (२ लाख), विश्वास श्रेष्ठ (१ लाख २० हजार), संजोक राई (१ लाख), त्रिदेव गुरुङ (१ लाख), विमल पाण्डे (७५ हजार), आशिष गुरुङ (७० हजार), सुदिल राई (६५ हजार), सुदीप शिख्राकार, राजन गुरुङ, विनय श्रेष्ठ, रमेश बर्तौला (५० हजार), अन्जन राई, प्रिजेन तामाङ र पृथ्वी चौधरी (२० हजार)।

ललितपुर सिटी फुटबल क्लब : अञ्जन विष्ट (मार्की खेलाडी), एरिक विष्ट (२ लाख), विमल रानामगर, कमल श्रेष्ठ, मिक्छेन तामाङ र प्रवेश दनुवार (१ लाख २० हजार), पल्साङ लामा र अर्पण कार्की (१ लाख), नवीन लामा, नीरज बस्नेत र गौरव बुढाथोकी (७५हजार), रञ्जन विष्ट (५० हजार), रोहित कार्की, सरोज योन्जन लामा र विनोद गुरुङ (२० हजार)।

एफसी चितवन : भरत खवास (मार्की खेलाडी), विशाल सुनुवार र विकास खवास (२ लाख), कुलदिप कार्की र टेक बुढाथोकी (१ लाख २० हजार), विकास तामाङ (१ लाख), रुपबहादुर लामा (७५), शिशिर लेखी, मनिस थापा, अमित तामाङ, राजिव लोप्चन र रोमन रसाइली (५० हजार), सिमान्त थापा, विश्व अधिकारी र विवेश चौधरी (२० हजार)।

विराटनगर एफसी : रञ्जित धिमाल (मार्की खेलाडी), सुनिल बल (२ लाख), विजय धिमाल र हेम तामाङ (१ लाख २०), सन्तोष तामाङ र सरोज दाहाल (१ लाख), विक्रम धिमाल र सूर्य अधिकारी (७५ हजार), किशोर गिरी (६५ हजार), सुरज ठकुरी (६० हजार), नीरकुमार राई, दीपक राई र अशोक थापा (५० हजार), सुशील लामा, सुनिल खड्का (२० हजार)।

धनगढी एफसी : विशाल राई (मार्की खेलाडी), डिफेन्डर दिनेश राजवंशी (२ लाख), रुपेश केस, विवेक बस्नेत र पुजन उपरकोटी (१ लाख २० हजा), दर्शन गुरुङ र निशान खड्का (१ लाख), युद्ध शाही र अशोक खवास  (७५ हजार), टंक बस्नेत, योगेश गुरुङ र टेकेन्द्र थापा (५० हजार), निराजन महर्जन, विजय श्रेष्ठ र सौजन राई (२० हजार)।

पोखरा थन्डर्स : नवयुग श्रेष्ठ (मार्की खेलाडी), सुजल श्रेष्ठ र दीप कार्की (२ लाख), दिपक गुरुङ, नितिन थापा र राजेश परियार  (१ लाख २० हजार), अजित भण्डारी (१ लाख), गौतम श्रेष्ठ (७५ हजार), अनिल गुरुङ (७० हजार), कुमार स्याङ्तान (६० हजार), अजित प्रजापति र मानबहादुर तामाङ (५० हजार) र सुरज तामाङ, सुजित बुढाथोकी र सुशील राई (२० हजार)।

बुटवल लुम्बिनी एफसी : विशाल श्रेष्ठ (मार्की खेलाडी), सेसेहाङ आङ्देम्बे (१ लाख ३० हजार), रविन श्रेष्ठ, र अमिर श्रेष्ठ (१ लाख २० हजार), आशिष लामा र सुरज बिक (१ लाख), मनबहादुर परियार, सुमन लामा, जय गुरुङ, अनिल महर्जन, लक्ष्मण रुचाल, रनदीप पौडेल र रवि थापामगर (५० हजार), शत्रुधन चौधरी र चेतनकुमार थारु (२० हजार)

प्रकाशित मिति: २०:३१ बजे, शुक्रबार, चैत ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्