Kathmandu Press

ओलीलाई नेपालको जबाफ- भोलि बालुवाटारमा हामी नै हुन्छौं

काठमाडौं, चैत ६ : नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले भोलि बालुवाटारमा आफूहरु नै हुने बताएका छन्।केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल...
ओलीलाई नेपालको जबाफ- भोलि बालुवाटारमा हामी नै हुन्छौं

काठमाडौं, चैत ६ : नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले भोलि बालुवाटारमा आफूहरु नै हुने बताएका छन्।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पक्षलाई 'खै कहाँ छन्' भनेर ब्य‌ंग्य गरेका थिए। त्यसको जबाफ दिँदै नेपालले सहि ठाउँमा भएको र भोलि बालुवाटारमा पनि आफूहरु नै हुने बताएका हुन्।

वरिष्ठ नेता नेपालले भने, 'अरु कुराको धाक नलगाए हुन्छ। हामी यहीँ छौँ। कालीमाटी भन्यो कालीमाटी छौं, सानेपा भन्यो सानेपा छौं, माइतीघर भन्यो माइतीघरमा छौं। भोलि हेर्नुहोला बालुवाटारमा हामी नै हुन्छौँ।’

शुक्रबार अखिल नेपाल महिला संघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री ओलीका कारण एमाले र देशले दुःख पाएको बताए। ओली सिद्धान्तनिष्ठ र आदर्शप्रति समर्पित हुन नसकेको नेपालको आरोप थियो।

अहिले क्रान्तिकारी पार्टी वा व्यक्तिवादी पार्टी बनाउने लडाईं भइरहेको बताए। अध्यक्ष ओलीले एमालेलाई व्यक्तिवादी पार्टी बनाउन खोजेको उनको भनाइ थियो।

यसअघि नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो। आज राष्ट्रिय महिला कार्यकर्ता भेला गरेको हो। देशभर समानान्तर कमिटी बनाउने नेपाल पक्षले जनाएको छ।

प्रकाशित मिति: १८:२४ बजे, शुक्रबार, चैत ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्