च्याम्पियन्स लिग ड्र : बार्यन र पिएसजी, रियल र लिभरपुल अन्तिम ८ मै भिड्ने
काठमाडौं, चैत ६ : ठूला चार क्लब च्याम्पियन्स लिगको क्वार्टरफाइनलमै भिड्ने भएका छन्। शुक्रबार सार्वजिनक ड्रअनुसार गत सिजनको फाइनलिस्ट बार्यन म्युनिख र पिएसजी तथा...
काठमाडौं, चैत ६ : ठूला चार क्लब च्याम्पियन्स लिगको क्वार्टरफाइनलमै भिड्ने भएका छन्। शुक्रबार सार्वजिनक ड्रअनुसार गत सिजनको फाइनलिस्ट बार्यन म्युनिख र पिएसजी तथा रियल मड्रिड र लिभरपुल अन्तिम ८ मै भिड्ने भएका छन्।
यस्तै दुई इंग्लिस क्लब चेल्ली र म्याचेस्टर सिटीले भने सहज प्रतिद्वन्द्वी पाएका छन्। चेल्सीले पोर्चुगिज क्लब एफसी पोर्टोलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ भने सिटीले जर्मन क्लब बोरुसिया डर्टमन्डसँग खेल्ने छ। च्याम्पियन्स लिगको अन्तिम ८को पहिलो लेग अप्रिल ६ मा हुनेछ भने दोस्रो लेग १३ अप्रिलमा हुनेछ।
यो पटक क्वार्टरफाइनलका सबै खेल अघिल्ला सिजरनको भन्दा १ घण्टा छिटो ११ः४५ बजे सुरु हुने छ। अप्रिल ६मा पिएसजीले बार्यनको भ्रमण गर्ने छ भने लिभरपुल मड्रिड भ्रमणका निस्कनेछ।
यस्तै डर्टमन्डले म्यान्चेस्टर भ्रमण गर्दा चेल्सीले पोर्टोको भ्रमण गर्ने छ। यस्तै सेमिफाइलनको पहिलो लेग अप्रिल १७ र दोस्रो लेग मार्च ४ मा हुने छ। फाइनल २९ मेमा हुनेछ।











