Kathmandu Press

बिस्केट जात्राका लागि भक्तपुरमा भैरवकाे रथ बनाइँदै (फोटोफिचर)

भक्तपुर दरबार क्षेत्रको न्यातपोल मन्दिर अगाडिको प्रांगणमा रथ निर्माण भइरहेको हो।
बिस्केट जात्राका लागि भक्तपुरमा भैरवकाे रथ बनाइँदै (फोटोफिचर)

भक्तपुर, चैत ६ : सांस्कृतिक सम्पदाले सम्पन्न भक्तपुरको प्रसिद्ध जात्रामध्ये एक हो, बिस्केट (बिस्का) । करिब एक साता रौनकमय ढंगले मनाइने उक्त जात्रा चैत २८ गते सुरु हुनेछ।

त्यसका लागि अहिलेदेखि नै तयारी थालिसकिएको छ। यतिखेर भैरवको रथ निर्माण कार्य धमाधम भइरहेको छ। भक्तपुर दरबार क्षेत्रको न्यातपोल मन्दिर अगाडिको प्रांगणमा रथ निर्माण भइरहेको हो।

बिस्का जात्राकै अवसरमा हुने सिन्दूर जात्रा (भुयुसिन्हँ पून्हीँ) र जिब्रो छेड्ने पर्वलाई विशेष आकर्षण मानिन्छ। खासगरी भक्तपुरवासी नेवार समुदायको मौलिक पर्व भए पनि पछिल्लो समय त्यस जात्रामा अन्य समुदायले पनि सहभागिता जनाउने गरेका छन्।

यसअघिसम्म पुरानै रथ तानिँदै आए पनि यसपालिको बिस्का जात्राका लागि भने रथ नै नयाँ बनाइँदै गरेको हो। गत वर्ष भने कोभिड-१९ का कारण जात्रा नै नमनाइएको हुँदा रथ पनि तानिएन। एकपटक बनाइएको रथले तीन दशकसम्म थेग्ने जात्रा व्यवस्थापन समितिका अगुवाहरूले बताए। 

       

प्रकाशित मिति: १६:३५ बजे, शुक्रबार, चैत ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्