Kathmandu Press

महान्यायाधिवक्तामा रमेश बडालको नाम सिफारिस

काठमाडौ‌ं, चैत ६ : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएपछि सो पदमा अधिवक्ता रमेश बडालको नाम सिफारिस गरिएको छ।सरकारले शुक्रबार दिउँसो महान्यायाधिवक्तामा  बडालको नाम...
महान्यायाधिवक्तामा रमेश बडालको नाम सिफारिस

काठमाडौ‌ं, चैत ६ : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएपछि सो पदमा अधिवक्ता रमेश बडालको नाम सिफारिस गरिएको छ।

प्रधानमन्त्री केपी ओलीले शुक्रबार दिउँसो महान्यायाधिवक्तामा  बडालको नाम सिफारिस गरेको स्रोतले जनाएको हो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधान छ। बडालले संसद विघटन मुद्दामा प्रधानमन्त्री ओलीको तर्फबाट बहस गरेका थिए।

बडाल एमालेनिकट ट्रेड युनियन जिफन्टका उपाध्यक्ष पनि हुन्। २०७४ फागुन ८ गते महान्यायाधिवक्तामा नियुक्त खरेलले शुक्रबार नै प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिएका थिए।

प्रकाशित मिति: १५:१७ बजे, शुक्रबार, चैत ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्