मान्छेलाई जिउँदै पुरेर भागेका एक्स्काभेटर चालक पक्राउ
काठमाडौं, चैत ६ : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले धादिङमा एक महिलालाई जिउँदै पुरेर भागेका स्काभेटर चालकलाई शुक्रबार पक्राउ गरेको छ। कञ्चनपुरबाट पक्राउ...
काठमाडौं, चैत ६ : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले धादिङमा एक महिलालाई जिउँदै पुरेर भागेका स्काभेटर चालकलाई शुक्रबार पक्राउ गरेको छ। कञ्चनपुरबाट पक्राउ परेका ती स्काभेटर चालक भीमबहादुर बुढाथोकी रहेको प्रहरीले जनाएको छ।
स्काभेटर चालक बुढाथोकीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटारकी ४५ वर्षीया सरस्वती कुमाललाई गत फागुन १८ गते जिउँदै खाल्डोमा पुरेका थिए। त्यसपछि फरार उनलाई १८ दिनपछि प्रहरीले पक्राउ गरेको हो।
एक्स्काभेटरको ठक्करले घाइते भएपछि खाल्डोमा पुरिएकी ती महिलालाई मृत अवस्थामा निकालिएको थियो। स्थानीयले एक्स्काभेटरमा तोडफोड तथा आगजनीसमेत गरेका थिए।
एक्स्काभेटरले मान्छे पुरेको भन्दै मजदुरले हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए। तिनै मजदुरले खाल्डो खनेर कुमालको शव झिकेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:५२ बजे, शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1790835640.png)
