अस्ट्राजेनेका खोपको निर्यातमा सहकार्य गर्न ईयुको आग्रह
काठमाडौं, चैत ६ : अस्ट्राजेनेका खोपको वितरणप्रति सहकार्य गर्दै अगाडि बढ्न युरोपियन युनियनले सदस्य राष्ट्रलाई आग्रह गरेको छ ।युरोपियन युनियनकी अध्यक्ष उर्सुला भोन डेर...
काठमाडौं, चैत ६ : अस्ट्राजेनेका खोपको वितरणप्रति सहकार्य गर्दै अगाडि बढ्न युरोपियन युनियनले सदस्य राष्ट्रलाई आग्रह गरेको छ ।
युरोपियन युनियनकी अध्यक्ष उर्सुला भोन डेर लेएनले बेलायत र अमेरिकाबाट निर्यात भइरहेको अस्ट्राजेनेका खोप अझै खुल्लापन र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताइन्।
‘
‘म अझ बढी खुलापन र सहकार्यको लागि आग्रह गर्दछु किनकि युरोप विश्वको सबैभन्दा बढी निर्यात गर्ने मुलुकहरु मध्ये एक हो, तर आपसी सम्बन्धको आवश्यकता छ,’ अध्यक्ष उर्सुला भोन डेर लेएनले भनिन् ।
यसको विषयमा अर्को बिहीबार हुने युरोपियन युनियनको अर्को बैठकमा विस्तृत छलफल हुने उनले बताइन् ।
प्रकाशित मिति: १४:२० बजे, शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












