नेपाल–खनाललाई चैत ७ को पार्टी बैठकमा सहभागी हुन गौतमको आग्रह
काठमाडौं, चैत ६ : एमाले उपाध्यक्ष वामदेव गौतमले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसहिताका नेताहरुलाई चैत ७ (शनिबार) मा बस्ने केन्द्रीय कमिटीको...
काठमाडौं, चैत ६ : एमाले उपाध्यक्ष वामदेव गौतमले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसहिताका नेताहरुलाई चैत ७ (शनिबार) मा बस्ने केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन आह्वान गरेका छन्। उनले सो बैठकमा आफू पनि सहभागी हुने धारणा राखेका छन्।
ललितपुरमा शुक्रबार आयोजित अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै गौतमले बैठकमा सहभागी भएर त्यहीबाट लडाइँ सुरु गर्नुपर्ने बताए।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले शनिबार केन्द्रीय कमिटी बैठक बोलाएका छन्। नेपाल-खनाल भने ओलीविरुद्ध उभिएका छन्। गौतम भने ओली र नेपाल-खनाल कुनै समूहतिर पनि खुलेका छैनन्।
उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीले फागुन २८ गते गरेको निर्णय फिर्ता गराउन बैठकबाटै दबाब दिनुपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओली र वरिष्ठ नेताद्वय नेपाल-खनाल दुवै पक्ष बराबरी दोषी रहेको गौतमले बताए। आफ्नो भनाइ अनुसार नै खनाल-नेपाल पक्षको राष्ट्रिय भेलाले पार्टीको आगामी बैठकमा भाग लिने निर्णय गरेको दाबी गर्दै उनले भने, ‘अब पार्टी जोगिने देखियो।’










-1790835640.png)
