परराष्ट्रमन्त्री ज्ञवालीले गरे सरकारले ल्याएका अध्यादेशको बचाउ
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले संसद् बैठक नहुँदा सरकारले ल्याएका अध्यादेशको बचाउ गरेका छन्।
काठमाडौं, चैत ६ : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले संसद् बैठक नहुँदा सरकारले ल्याएका अध्यादेशको बचाउ गरेका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै मन्त्री ज्ञवालीले सरकारले ल्याएका विधेयक पुनःस्थापनापछि सदनमा प्रस्तुत गर्न नपाएको गुनासो गरे। पुनःस्थापनापछि सुरुका बैठकबाट राम्रो संकेत नपाइएको उनको दाबी थियो।
‘एसिड आक्रमणजस्तो जघन्य अपराधमा सजायसम्बन्धी विधेयक, कोरोना खोपसम्बन्धी विधेयक, बलात्कारसम्बन्धी सजाय बढाउन ल्याइएको अध्यादेश, सत्य निरुपणसम्बन्धी अध्यादेश सदनमा टेबल पनि गर्न पाएनौँ,’ उनले भने।
उनले सीके राउत समूह र नेत्रबिक्रम चन्द समूहलाई शान्ति प्रक्रियामा ल्याउनुलाई सरकारको उपलब्धीका रूपमा व्याख्या गरे। यसबीचमा सरकारले थुप्रै उपलब्धी हासिल गरेको दाबी प्रस्तुत गरे।
त्यसअघि प्रतिनिधिसभाको बैठकमा अनुपस्थित केही सांसदको विदा स्वीकृत भएको थियो। त्यसपछि लोकसेवा आयोगको ६१ औँ प्रतिवेदन र राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन कानून मन्त्री लीलानाथ श्रेष्ठले पेश गरे।










-1790835640.png)
