मेक्सिकोमा बन्दुकधारी समुहद्धारा १३ प्रहरीको हत्या
काठमाडौं, चैत ६ : मध्य मेक्सिकोको टोलुका सहरमा एक बन्दुकधारी समुहको अक्रमणमा परि १३ प्रहरीको ज्यान गएको छ । गत बिहिबार एक बन्दुकधारी समुहले...
काठमाडौं, चैत ६ : मध्य मेक्सिकोको टोलुका सहरमा एक बन्दुकधारी समुहको अक्रमणमा परि १३ प्रहरीको ज्यान गएको छ । गत बिहिबार एक बन्दुकधारी समुहले गस्ति गरिरहेको प्रहरिलाई अचानक आक्रमण गर्दा १३ जना प्रहरीको मृत्यु भएको हो ।
आक्रमणमा मारिएका १३ जना मध्ये आठ जना राज्य सुरक्षा बलमा थिए भने पाचँ जना स्टेट प्रसिक्यूटर अफिसमा खटाइएका प्रहरी थिए ।
मेक्सिकोको रक्षा मन्त्री रोड्रिगो मार्टिनेज–सेलिसले कोटेप्याक हारिनास नगरपालिकाको लानो ग्रानडे क्षेत्रमा रहेको संदिग्ध गिरोहको सदस्यले गस्ति गरिरहेको सररक्षाबलको टोलीमाथि मध्य दिनमा नै अचानक आक्रमण गरेको बताएका छन् । ‘यो आक्रमण मेक्सिको राज्यको अपमान हो । हामी यो आक्रमणको जवाफ सबै सुरक्षाबल र कानूनको साथ मिलेर दिनेछौं, ’ मन्त्री सेलिसले भने ।
मेक्सिको नेसनल गार्ड, राज्य प्रहरी, सशस्त्र प्रहरी बलले यो बन्दुकधारी समुहको चौतर्फी खोज तलास गरेको छ । यो घटनामा कति संदिग्ध अपराधीहरू मारिए वा घाइते भएको केही स्पष्ट नरहेको प्रहरी अधिकारीले बताएको छ ।












