प्रतिनिधिसभाको बैठक सुरु
काठमाडौं, चैत्र ६ : प्रतिनिधिसभाको बैठक संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ। प्रतिनिधिसभाको पुनःस्थापनापछि यो चौथो बैठक हो। आजकाे बैठकमा विभिन्न प्रतिवेदन र...
काठमाडौं, चैत्र ६ : प्रतिनिधिसभाको बैठक संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ। प्रतिनिधिसभाको पुनःस्थापनापछि यो चौथो बैठक हो। आजकाे बैठकमा विभिन्न प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दुईवटा वार्षिक प्रतिवेदन लोक सेवा आयोगको ६१औँ प्रतिवेदन र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
यस्तै सभामुख अग्निप्रसाद सापकोटाले पूर्व राष्ट्रियसभा सदस्य एवम् संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रतिनिधि सभा पुनर्स्थापनापछि आज चौथो पटक बैठक बस्न लागेको हो ।
राजनीतिक दलको किचलोका कारण संसद बैठक सहज रुपमा अगाडी बढ्न सकेको छैन्। जसका कारण शोक प्रस्ताव पारित गर्दै बैठक टुग्याउनुपरेको छ ।










-1790835640.png)
