Kathmandu Press

 खोप किन्न विश्व बैंकले नेपाललाई  ८ अर्ब ऋण दिने

काठमाडौं, चैत ६ : विश्व बैंकले नेपाललाई कोरोना महामारीसँग लड्न ८ अर्ब ७० करोड रुपैयाँ ऋण दिने भएको छ । विश्व बैंकको बिहीबार बसेको...
 खोप किन्न विश्व बैंकले नेपाललाई  ८ अर्ब ऋण दिने

काठमाडौं, चैत ६ : विश्व बैंकले नेपाललाई कोरोना महामारीसँग लड्न ८ अर्ब ७० करोड रुपैयाँ ऋण दिने भएको छ । विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले नेपाललाई ८ अर्ब ७० करोड रुपैयाँ ऋण दिने निर्णय गरेको हो ।

विश्व वैंकले अन्तर्राष्ट्रिय विकास संघ (आइडा)मार्फत नेपाललाई ऋण सहायता दिने भएको हो । यो वित्तीय सहयोगबाट नेपालले कम्तिमा एक तिहाई जनसंख्यामा खोप पुर्‍याउन सक्ने विश्व बैंकले जनाएको छ ।

यो रकमको ९० प्रतिशत हिस्सा कोभिड १९ कोख खरीद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसंख्या बाहेक अन्य समूहमा खोप बिस्तार गर्न प्रयोग हुने भएको छ । बाँकी रकम भने खोपका पहललाई सघाउन र कोभिड(१९ सँग सम्बन्धित परीक्षण, उपकरण र चिकित्सासामग्री खरीद तथा आपूर्तिमा खर्च गरिने भएको छ ।

कम्तिमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वकांक्षी योजनालाई सघाउन विश्व बैंकले यो सहायता प्रदान गर्न लागेको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले बताएका छन् । 

विश्व बैंकले नेपालबाहेक बंगलादेशमा ५० करोड अमेरिकी डलर र अफगानिस्तानमा ६ करोड अमेरिकी डलर बराबरको सहायता समेत घोषणा गरेको छ ।

प्रकाशित मिति: १२:२१ बजे, शुक्रबार, चैत ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्