Kathmandu Press

कांग्रेस नेता जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने 

काठमाडौं, चैत ६ : नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।उपप्रधानमन्त्री ईश्वर पोखरेलले मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीको...
कांग्रेस नेता जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने 

काठमाडौं, चैत ६ : नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीको उपचारका लागि १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिए।

पोखरेलले शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारारत जोशीको स्वास्थ्य अवस्था बुझ्दै उपप्रधानमन्त्री पोखरेलले जोशीको उपचारमा सरकारले सहयोग गर्ने बताएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

गत फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ।

जोशीको अहिलेको अवस्था गम्भीर रहेको र उनी कोमामा रहेका उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

प्रकाशित मिति: ११:४० बजे, शुक्रबार, चैत ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्