नेपाल–खनाल समूहको महिला भेला
काठमाडौं । एमाले नेपाल–खनाल समूहले महिलाभेला गर्ने भएको छ । नेपाल–खनाल समूहले शुक्रबार अखिल नेपाल महिला संघको राष्ट्रिय भेला गर्ने भएको हो । भेला...
काठमाडौं । एमाले नेपाल–खनाल समूहले महिलाभेला गर्ने भएको छ । नेपाल–खनाल समूहले शुक्रबार अखिल नेपाल महिला संघको राष्ट्रिय भेला गर्ने भएको हो ।
भेला कालिमाटीस्थित कालिमाटी ब्यांक्वेटमा हुनेछ । भेलालाई वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले सम्बोधन गर्दैछन् । नेपाल–खनाल समूहले राष्ट्रिय भेला सकेलगत्तै महिला भेला गरेको हो ।
नेपाल–खनाल समूहले शनिबार युवा संघको भेला गर्दैछ भने चैत १० गते विद्यार्थीको राष्ट्रिय भेला गर्ने भएको छ ।
सर्वोच्च अदालतले पुनर्स्थापना गरेको एमालेभित्र विवाद बढ्दै जाँदा समानान्तर गतिविधि बढेको छ ।
प्रकाशित मिति: ११:०६ बजे, शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1790835640.png)
