पुन:स्थापनापछि प्रतिनिधि सभाको चौथो बैठक बस्दै, यस्तो छ कार्यसूची ?
काठमाडौं, चैत्र ६ : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने संभावित...
काठमाडौं, चैत्र ६ : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दुईवटा बार्षिक प्रतिवेदन लोक सेवा आयोगको ६१ औँ प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
यस्तै सभामुख अग्निप्रसाद सापकोटाले पूर्व राष्ट्रियसभा सदस्य एवम् संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रतिनिधि सभा पुनर्स्थापनापछि आज चौथो पटक बैठक बस्न लागेको हो ।
राजनीतिक दलको किचलोका कारण संसद बैठक सहज रुपमा अगाडी बढ्न सकेको छैन्। जसका कारण शोक प्रस्ताव पारित गर्दै वैठक टुग्याउनु परेको छ ।
प्रकाशित मिति: ०८:२१ बजे, शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1790835640.png)
