आजको मौसम : पहाडी भेगमा हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं, चैत्र ६ : मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हावाहुरी र वर्षाको सम्भावना रहेको छ...
काठमाडौं, चैत्र ६ : मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हावाहुरी र वर्षाको सम्भावना रहेको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज अपराह्नपछि देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्टयाङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
शनिबार र आइतबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
प्रकाशित मिति: ०८:१३ बजे, शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1790835640.png)
