युरोपा लिगको क्वाटरफाइनलमा युनाइटेड र आर्सनल
काठमाडौं, चैत्र ६ : म्यानचेस्टर युनाइटेड र आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।इटालियन क्लब एसी मिलानलाई समग्रमा २–१ ले हराउँदै...
काठमाडौं, चैत्र ६ : म्यानचेस्टर युनाइटेड र आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
इटालियन क्लब एसी मिलानलाई समग्रमा २–१ ले हराउँदै म्यानचेस्टर युनाइटेडले अन्तिम आठमा स्थान बनाएको हो। पहिलो लेग १–१ गोलको बराबरीमा सकाएको युनाइटेडले दोस्रो लेगमा १–० ले हराएको हो। यता, आर्सनल दोस्रो लेगमा १–० गोलले हारे पनि समग्रमा ३–२ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।
पहिलो लेगमा आर्सनलले ओलम्पियाकोसलाई ३–१ ले हराएको थियो। त्यसैगरी, आयाक्सले योङ ब्वाइजलाई समग्रमा ५–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। भिल्लारियलले डाइनामो किभलाई, रोमाले शाख्तर डोनेस्कलाई, ग्रानाडाले मोल्डेलाई र स्लाभिया प्रागले रेन्जर्सलाई पराजित गर्दै युरोपा लिगको क्वाटरफाइनलमा स्थान बनाए।
बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगका खेलहरु सकिएसँगै क्वाटरफाइनल समीकरणसमेत पूरा भएको छ। टोटेनहम डाइनामो जाग्रेबसँग समग्रमा ३–२ गोलअन्तरले पराजित हुँदै प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ ।
बिहीबार राति दोस्रो खेलमा घरेलु टिम डाइनामोसँग ३–० ले पराजित हुँदै टोटेनहम बाहिरिएको हो। यसअघि पहिलो लेगमा भने टोटेनहमले २–० ले जितेको थियो।











