Kathmandu Press

भारतमा थपिए ३९ हजार कोरोना संक्रमित 

 काठमाडौं, चैत्र ६ : भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ६४३ जनामा संक्रमण पुष्टि भएको छ । ६ महिनादेखि संक्रमण घट्दै गएको भारतमा...
भारतमा थपिए ३९ हजार कोरोना संक्रमित 

 

काठमाडौं, चैत्र ६ : भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ६४३ जनामा संक्रमण पुष्टि भएको छ । ६ महिनादेखि संक्रमण घट्दै गएको भारतमा फेरि संक्रमित बढ्न थालेका छन् ।

यसअघि ५ चैत्रमा ३५ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड १५ लाख १३ हजार ९४५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १५५ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५९ हजार ४०५ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १० लाख ८१ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् ।

अब भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ७३ हजार २०५ छ ।

प्रकाशित मिति: ०७:२४ बजे, शुक्रबार, चैत ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्