Kathmandu Press

मंगल ग्रहको लोप भएको महासागरमा वैज्ञानिक दृष्टि

अर्बौ वर्षअघि मंगल ग्रह ताल र समुद्रले भरिएको थियो । तर, ती सबै जलस्रोत मंगल ग्रहलाई उजाड चट्टानमा परिणत गरी कता हराए ?...
मंगल ग्रहको लोप भएको महासागरमा वैज्ञानिक दृष्टि

अर्बौ वर्षअघि मंगल ग्रह ताल र समुद्रले भरिएको थियो । तर, ती सबै जलस्रोत मंगल ग्रहलाई उजाड चट्टानमा परिणत गरी कता हराए ? वैज्ञानिकहरू यही रहस्य खोजविन गर्न लागिपरेका छन् ।

हालसम्मको मान्यता छ, मंगल ग्रहको पानी अन्तरिक्षमा हरायो । तर, नासाले गरेको नयाँ अध्ययनले पानी कतै नहराएको तर मंगल ग्रहको सतहमा भएको खनिजभित्र कैद भएको हुनसक्ने संकेत गरेको छ ।

‘हामी जान्दछौँ जमिनको माथिल्लो सतहले पानी मिसिएका खनिजहरू बनाउँछ, त्यसैले खनिजको क्रिस्टल संरचनामा पानी हुनसक्छ,’ द न्यू पेपर इन साइन्सका प्रमुख लेखक इभा सेलरले एएफपीलाई भनिन् ।

Hardik ivf

वास्तवमा, सेलरको मोडेलले ३० देखि ९९ प्रतिशतबीचमा खनिजभित्र पानीको मात्रा कैद भएको हुनसक्ने बताउँछ ।

मंगल ग्रहको प्रारम्भिक समयमा त्यसको सयदेखि १५ सय मिटर (तीन सय ३० देखि ४४ हजार नौ सय २० फिट) क्षेत्रफल समुन्द्रले ओगटको हुनसक्ने मान्यता छ । किनभने, यसको इतिहास खोतल्दा मंगल ग्रहले आफ्नो चुम्बकीय क्षेत्र गुमाएको निष्कर्षमा पुगिन्छ । यसको वातावरण क्रमिक रूपमा हराएर गयो । र, आफूसँग भएको पानी गुमायो ।

तर नयाँ अध्ययनमा संलग्न वैज्ञानिकहरू केही पानी हराए पनि धेरै पानी बाँकी रहेको विश्वास गर्छन् । मंगल ग्रहमा पठाइएका रोभरहरू र ग्रहको उल्कापिण्डको निरीक्षणबाट टोलीले पानीको प्रमुख भाग हाइड्रोजनमा ध्यान केन्द्रित गरेका छन् ।

मंगल ग्रहमा विभिन्न प्रकारका हाइड्रोजन परमाणु छन् । धेरैको न्युक्लियसमा केवल एक प्रोटोन हुन्छ, तर सानो अंश लगभग ०.०२ प्रतिशत हुन्छ । प्रोटोन र न्युट्रोन मिलेर यसलाई आयतन दिन्छन् । यिनीहरूलाई ड्युटेरियम वा ‘भारी’ हाइड्रोजन पनि भनिन्छ ।

हल्का किसिमको हाइड्रोजन ग्रहको सतहबाट द्रुत गतिमा हराएर जान्छ । धेरैजसो पानी अन्तरिक्षमा खस्दा तुलनात्मक रूपमा बढी ड्युटोरियम पछाडि छुट्छ ।

तर, सुरुआतमा मंगल ग्रहमा पानीको मात्रा कति थियो र त्यसबाट हाइड्रोजनको मात्रा हति हरायो भन्ने हाल उपलब्ध ड्युटेरियमदेखि हाइड्रोजनको अनुपात वायुमण्डलीय नोक्सानी केलाएर मात्र वर्णन गर्न सकिँदैन ।

वैज्ञानिकहरूले त्यस्तो गणनाको साटो मंगल ग्रहमा दुईवटा संयन्त्रको संयोजन गरिएको बताएका छन्– पहिलो– ग्रहको सतहमा रहेको खनिजमा पानीको मात्रा कैद गर्ने र दोस्रो वायुमण्डलमा पानीको क्षति आकलन गर्ने ।

‘तपाईंसँग चट्टान छ र त्यसले पानीसँग अन्तक्र्रिया गर्छ, हाइड्रेटेड खनिजमा त्यस्ता धेरै जटिल प्रतिक्रियाको शृंखला देखापर्छ,’ सेलरले भनिन् । उनका अनुसार यो प्रक्रियालाई ‘रासायनिक ह्रास’ पनि भनिन्छ । यो प्रक्रिया पृथ्वीमा पनि हुन्छ ।

तर, पृथ्वीमा ज्वालामुखीले पानीलाई पुनः सतहमा फिर्ता पठाउँछ । यद्यपि, मंगल ग्रहमा टेक्टोनिक प्लेटहरू छैनन्, सोही कारण स्थायी परिवर्तन हुँदैन ।

अध्ययन टोलीले तयार पारेको ‘सिमुलेसन’मार्फत गरिएको विश्लेषणअनुसार मंगल ग्रहले आफूमा रहेको धेरैजसो पानी चारदेखि ३.७ अर्ब वर्ष पहिले गुमायो । ‘यसको अर्थ मंगल ग्रह तीन हजार वर्षदेखि हामीले जस्तो देखेका छौँ, त्यस्तै छ,’ सेलरले भनिन् ।

बहु–वर्षे विज्ञान मिसनका लागि गत महिना मंगल ग्रहमा अवतरण गराइएको पर्सिभरेन्स रोभरले अनुसन्धानको क्षेत्रमा योगदान पु¥याउनेमा उनी आशावादी छिन् । ‘पर्सिभरेन्स रोभरले सतहको पानीमा भएको अधिग्रहणको वास्तविक प्रक्रिया र प्रतिक्रियाहरू छानविन गर्दैछ,’ उनले भनिन् ।

टोलीको मोडेलमा धेरै परिदृश्य समाविष्ट छ, वैज्ञानिकहरूले रोभरबाट प्राप्त हुने नयाँ डाटासँग तुलना गर्नेछन् । ‘हामी भन्न सक्छौँ, मोडेलका केही भागले राम्रोसँग काम गरेनन् भने पनि तिनै भागबाट हामी सटिक जवाफ प्राप्त गर्न सक्छौँ,’ सेलरले भनिन् ।

- एएफपीबाट
 

प्रकाशित मिति: ०६:२६ बजे, शुक्रबार, चैत ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्