एनएसएलको अक्सनमा १५८ खेलाडी
काठमाडौं, चैत ५ : पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को अक्सनमा एक सय ५८ खेलाडी सहभागी हुने भएका छन्।अक्सनको तीन श्रेणीमा...
काठमाडौं, चैत ५ : पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को अक्सनमा एक सय ५८ खेलाडी सहभागी हुने भएका छन्।
अक्सनको तीन श्रेणीमा एक सय ५८ खेलाडीले आफ्ना नाम दर्ता गराएको नेपाल स्पोटर्स एन्ड म्यानेजमेन्टले जनाएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा नेपाल स्पोटर्स एन्ड म्यानेजमेन्टले आयोजना गर्न लागेको प्रतियोगिताको अक्सन शुक्रबार हुँदैछ।
अक्सनका लागि खेलाडीलाई तीन श्रेणीमा छुट्याइएको छ। जसमा राष्ट्रिय टिमको प्रशिक्षणमा रहेका ३५ खेलाडी ए श्रेणीमा छन् भने बी श्रेणीमा ६५ जना र सी श्रेणीमा ५८ जना खेलाडीले नाम दर्ता गराएका छन्।
अक्सनबाट प्रत्येक टिमले २० लागि खेलाडी लिनेछन्। एक टिमले तीन विदेशी खेलाडी राख्न पाउनेछन् भने एकैपटक दुई खेलाडीमात्र खेलाउन पाउने छन्।
प्रतियोगितामा सात टिम सहभागी हुनेछन्। जसमा धनगढी एफसी, विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी छन् ।
सिंगल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता वैशाख ११ देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा प्रतिस्पर्धा हुनेछ।











