Kathmandu Press

त्रिदेशीय फुटबल हेर्न ७०० र १५०० को टिकट

काठमाडौं, चैत ५ : दशरथ रंगशालामा चैत १० देखि १६ गतेसम्म आयोजना हुने त्रिदेशीय फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट...
त्रिदेशीय फुटबल हेर्न ७०० र १५०० को टिकट

काठमाडौं, चैत ५ : दशरथ रंगशालामा चैत १० देखि १६ गतेसम्म आयोजना हुने त्रिदेशीय फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट निर्धारण गरेको छ। एन्फाले नेपाल, बंगलादेश र कीर्गिस्तान त्रिदेशीय फुटबका लागि टिकटको मूल्य सात सय र १५ सय रुपैयाँ तोकेको छ।

एन्फाले प्रतियोगिताका लागि साधारणतर्फ सात सय र भिआइपीतर्फ एक हजार पाँच सय रुपैयाँ टिकटको मूल्य तोकेको हो।

एन्फाले प्रत्येक खेलमा १२ हजार टिकट बिक्री गर्ने लक्ष्य लिएको छ। दशरथ रंगशालाको क्षमता १५ हजार छ।

प्रत्येक खेलमा एन्फाले साधारणतर्फ १० हजार पाँच सय र भिआइपीतर्फ एक हजार पाँच सय टिकट बेच्ने लक्ष्य लिएको छ। त्रिदेशीय प्रतियोगिता आयोजनाबाट एन्फाले एक करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ।

एन्फाका अनुसार प्रतियोगिता आयोजनामा करिब एक करोड रुपैयाँ खर्च हुनेछ। प्रतियोगिताको विजेताले पाँच हजार, उपविजेताले तीन हजार डलर पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले पाँच सय तथा प्लेयर अफ दी म्याचले दुई सय ५० डलर पाउनेछन्।

राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन्। प्रतियोगिताका लागि बंगलादेशी टिम बिहीबार अपराह्न नेपाल आईपुगेको छ भने कीर्तिस्तानको टिम चैत ८ गते नेपाल आइपुग्ने एन्फाले जनाएको छ।

प्रकाशित मिति: १९:२६ बजे, बिहीबार, चैत ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्