Kathmandu Press

ओलीका सबै निर्णय अस्वीकार गर्ने राष्ट्रिय भेलाको निष्कर्ष, यस्ता छन् भेलाले पारित गरेका प्रस्ताव

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली गरेका सबै निर्णय अस्वीकार गर्ने निष्कर्ष निकाल्दै नेकपा (एमाले) नेपाल पक्षको राष्ट्रिय भेला सकिएको छ।
ओलीका सबै निर्णय अस्वीकार गर्ने राष्ट्रिय भेलाको निष्कर्ष, यस्ता छन् भेलाले पारित गरेका प्रस्ताव

काठमाडौं, चैत ५ : प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली गरेका सबै निर्णय अस्वीकार गर्ने निष्कर्ष निकाल्दै नेकपा (एमाले) नेपाल पक्षको राष्ट्रिय भेला सकिएको छ।

एमालेको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको हो। बुधबारदेखि शुरु भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले अवधारणापत्र पेश गरेका थिए।

अवधारणापत्रमाथि १० समूहमा छलफल भएको थियो। सबै समूहले दिएको सुझाबको आधारमा १७ बुँदे प्रस्ताव पारित गरिएको जनाएको छ।

राष्ट्रिय भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले गरेका सबै निर्णय अस्वीकार गर्ने निर्णय गरिएको जनाएको छ। भेलाले ओलीका गतिविधिप्रति दुःख व्यक्त गरेको छ।

भेलाले सर्वोच्च अदालतको संसद् पुनःस्थापना गर्ने फैसलाको स्वागत गरेको छ। त्यस्तै, नेकपा एकीकरण बदर गर्ने फैसलाप्रति भने आपत्ति जनाएको छ।

त्यस्तै, भेलाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीका कदमविरुद्ध दृढताकासाथ उभिन कार्यकर्तालाई आह्वान समेत गरेको छ। फागुन २८ गते ओलीले गरेका निर्णय फिर्ता लिन पनि माग गरेको छ।

यसैगरी असमान सन्धीसम्झौता सच्याउन माग गरेको छ। भेलाले एमसीसीलाई राष्ट्रिय हितअनुरुप बनाउनुपर्ने निष्कर्ष निकालेको जनाएको छ।

 

प्रकाशित मिति: १८:३३ बजे, बिहीबार, चैत ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्