Kathmandu Press

वाईसीएललाई ब्युँताउँदै माओवादी

काठमाडौं, चैत ५ : नेकपा (माओवादी केन्द्र) योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाललाई ब्युँताउन लागेको छ।वाईसीएल ब्युँताउने आगामी जेठ अन्तिम साता राष्ट्रिय भेला गरिने...
वाईसीएललाई ब्युँताउँदै माओवादी

काठमाडौं, चैत ५ :नेकपा (माओवादी केन्द्र)ले आफ्नाे युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाललाई ब्युँताउन लागेको छ।

वाईसीएल ब्युँताउने आगामी जेठ अन्तिम साता राष्ट्रिय भेला गरिने भएको छ। आगामी जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा वाईसीयएलको राष्ट्रिय भेला गर्न लागिएको अध्यक्ष रामप्रसाद सापकोटाले बताए।

वाईसीएलको बैठकले भेला गर्ने निर्णय गरेको अध्यक्ष सापकोटाले बताए। उनले भने, 'आगामी जेठ २८, २९ र ३० गते काठमाडौं राष्ट्रिय भेला गर्ने निर्णय गरेका छौं।’

नेकपा (एमाले) र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण भएर नेकपा गठन भएको थियो। नेकपा गठन भएसँगै वाईसीएललाई युवा संघमा समायोजन गरिएको थियो।

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एकीकरणसम्बन्धी निर्वाचन आयोगको निर्णय खारेज गरेपछि एमाले र माओवादी ब्युँतिएका छन्। यससँगै वाईसीएललाई पनि ब्युँताउन लागिएको हो।

बैठकले एकाइदेखि केन्द्रसम्म वाईसीएल ब्युँताउने निर्णय गरेको छ। त्यसअनुसार सदस्य संख्या पनि थपिने भएको छ। दुई लाख सदस्य बनाउने अध्यक्ष सापकोटाले बताए।

 

 

प्रकाशित मिति: १८:१० बजे, बिहीबार, चैत ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्