सकिन्छ भने हटाएर देखाउनुस् : नेपाल
काठमाडौं, चैत ५ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूलाई पार्टी र संसदीय दलबाट हटाएर देखाउन चुनौती दिएका छन्।बिहीबार बालुवाटारमा एमाले संसदीय दलले...
काठमाडौं, चैत ५ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूलाई पार्टी र संसदीय दलबाट हटाएर देखाउन चुनौती दिएका छन्।
बिहीबार बालुवाटारमा एमाले संसदीय दलले गरेको कारबाहीको निर्णयतर्फ संकेत गर्दै उनले मुन्ट्याएर निकाल्न खोजे पनि अन्तिम दमसम्म लडिरहने बताए।
बुधबार सुरु भएको राष्ट्रिय भेलाको समापन समारोहलाई सम्बोधन गर्दै बिहीबार नेता नेपालले आफूहरू विभाजनको पक्षमा नरहेको सपष्ट पारे।
नेता नेपालले आफूहरूलाई हटाए पनि स्थानीय तहका जनप्रतिनिधिकाे पद खोस्न भने सम्भव नभएको उल्लेख गरे। तर उनले आफूहरुलाई हटाउन पनि त्यति सजिलो नभएको बताए।
जस्तोसुकै चुनौती आए पनि सामना गर्न तयार रहेकाे उनको भनाइ थियो।
प्रकाशित मिति: १७:४० बजे, बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1790835640.png)
